आज राति देशमा केही ठाउँमा ठूलो पानी पर्ने

admin

काठमाडौं, २० साउन : बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मंगलबार राति देशभरिको मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको सम्भावना छ ।

राति पूर्वबाट ठूलो पानी पार्ने प्रणाली प्रवेश गरेर पश्चिम सर्ने क्रममा बुधबार प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उनले जानकारी दिइन् ।

मंगलबार दिउँसो भने देशभरिको मौसम सामान्य बदली भई देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने उनले बताइन् । अहिले भने धेरै ठाउँमा पारिलो घाम लागेको छ । केही ठाउँको मौसम बदली भएको छ ।

प्रतिक्रिया