सर्लाहीमा साउन २७ गतेसम्म लकडाउन

admin

सर्लाही : सर्लाहीका साउन २७ गतेसम्म लकडाउन गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा अति आवश्यक बाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको हो।

लकडाउन खुकुलो भएसँगै सर्लाहीका हाट बजार, भिडभाड, मानिसको आवातजावत, सार्वजनिक र निजी यातायात निर्वाधरुपमा चल्न थालेपछि कोरोना संक्रमणको सम्भावनालाई ध्यानमा राखी लकडाउन जारी गरिएको प्रजिअ पौडेलले बताए।

लकडाउन अवधिमा औषधि उपचार, खाद्यान वस्तु खरिद, पेट्रोलिय पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ । अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध बोक्ने र खाद्यान वस्तु बोक्ने सवारी साधन, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारको सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्लाभर संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोनाको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने भएकोले जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको सिफारिसबमोजिम साउन २१ गते विहान ६ बजेदेखि साउन २७ गते राति १२ बजे सम्म लागु हुने गरी लकडाउन जारी गरिएको प्रजिअ पौडेलले बताए ।

प्रतिक्रिया