नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ पुग्यो

admin

काठमाडौं, २३ साउन : बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको शुक्रबार बिहान ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जानकारी दिएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको शुक्रबार बिहान ज्यान गएको प्रसाईंले बताए ।

अहिलेसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएकोमा २१ हजार ७ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् ।

६ हजार २ सय ९६ जना आइसोलेशनमा तथा ९ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया