थप ४६४ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

admin

काठमाडौं, २३ साउन : शुक्रबार कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै अहिलेसम्म १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् भने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया