नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ७३ पुग्यो

admin

काठमाडौं, साउन २४ : नेपालमा कोरोनाभाइरसबाट मृ’त्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप तीनजनाको मृ’त्यु भएको जानकारी दिनुभयो ।

काठमाडौंको टोखा नगरपालिका–६ निवासी ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृ’त्यु भएको हो । यस्तै, पर्साको वीरगन्ज महानगरपालिका–३ का ७४ वर्षीय पुरुषको वीरगन्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालमा र मोरङको विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको शुक्रबारै कोसी अस्पतालमा मृ’त्यु भएको हो ।

प्रतिक्रिया