काठमाडौं, २५ साउन : काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच शुक्रबार बसेको बैठकले (आज) आइतबारबाट उपत्यकामा सटडाउन लागू भएको छ । उपत्यकामा कोरोना संक्रमितका संख्या बढेसँगै आइतबारदेखि विभिन्न सेवा प्रवाहमा रोकसमेत लगाइएको छ ।
संक्रमणले विकराल रुप लिदैँ गएपछि आवदेखि उपत्यकामा सटडाउन सुरु भएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै संचालनमा रहने र बन्द भएका सेवाहरुबारे जनाकारी दिएको छ ।
जसमा शान्ति सुरक्षा सम्बन्धी कार्यहरू, ठाडो निवेदन र उजुरी सम्बन्धी कार्य, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापन कार्य खुला रहने छन् भने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा बन्द रहने छन् ।