रसुवागढी नाका जोड्ने सडक खुल्यो

admin

रसुवा, २५ साउन : रसुवागढी नाका जोड्ने सडक एक हप्तापछि खुलेको छ । गएको साउन १९ गतेदेखि अवरुद्ध सडक आइतबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।

भार्खु डाँडामा कटान गरेको सडकमा नयाँ ट्र्याक खोलिएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बताए । पहिरोले झण्डै ५० मिटर सडक कटान गरेर एक मिटरमात्र बाँकी थियो ।

सडक डिभिजन कार्यालय नुवाकोटले एक हप्तापछि सडक सञ्चालनमा ल्याएको हो । यस क्षेत्रमा टेवा पर्खाल निर्माण गरी दुईतर्फी सडक सञ्चालनमा ल्याउने भनिए पनि नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको हो ।

रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ-स्याफ्रुबेसी सडक भने वर्षाभरि सञ्चालनमा नआउने भएको छ । रसुवाका अन्य क्षेत्रमा पहिरोले बन्द भएका सडक भने सञ्चालनमा आइसकेको डीएसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया