कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु

admin

धनुषा, २५ साउन : धनुषामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २ मा रहेको विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुष र शहीद नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको हो ।

उनीहरुलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समस्या भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मृत्यु भएका दुवै जनाको कोरोना भाइरस संक्रमणको आशङ्कामा स्वाब सङ्कलन गरिएको भट्टराईले बताए ।

प्रतिक्रिया