सिन्धुपाल्चोकमा कार्यरत दुइ शिक्षकमा कोरोना संक्रमण

admin

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ ।जुगल गाँउपालिका वडा नम्बर ५ को सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना संक्रमण पुष्टी भएको वडाध्यक्ष सनत अधिकारीले बताउनुभयो ।भदौ १ गते बाट भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ती शिक्षकहरु सल्यानबाट आएका हुन् ।

शिक्षकमा कोरोनादेखिएपछि गाउँपालिका कार्यालयसहित वडा नम्बर ५ को कार्यालय समेत बन्द गरिएको छ ।उनीहरुले धेरै मानिसहरुसँग भेटघाट गरेको पाइएको वडाध्यक्ष अधिकारीले बताउनुभयो । विद्यालयका अन्य शिक्षकसँग भेटघाट,बस्ने घर खाना खाने होटल र एक पास्नीमा समेत संलग्न भएको बताईएको छ । त्यस्तै सिन्धुपाल्चोक आउँदा पनि उनीहरुले ४ वटा बस प्रयोग गरेको पाईएको छ ।

वडाका ढाडे, बराम्ची, चनौटे, साप्ले, घ्यादुङ क्षेत्रलाई जोखिम क्षेत्र कायम गरिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।यसैबिच, सुनकोशी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको संगै गाँउपालिकाको केही स्थान सिल गरिएको छ ।

गाँउपालिकाको क्षेत्र भित्रको जिरी जाने सडकको उत्तर तर्फ एक कि मि देखी विद्युत् प्राधिकरण जाने सडक लप्सेखोला सम्म,पश्चिममा एक कि मि देखी २ कि मि जिरी जाने सडक सम्म पुर्वमा लप्सेखोलाको सिमाना सम्म र दक्षिण तर्फ पितामे टोलसम्मको चार किल्ला भित्र मानिस आवत जावतमा पुर्णरुपमा निषेध गरिएको गााउपालिकाका अध्यक्ष श्रवण कुमार जि सीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्को सुचना जारी नभए सम्मका लागी निषेध गरिएको ठाँउमा ब्यपार,ब्यबसाय लागायतका कुनै पनी क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।संक्रमीत पुरुष प्रहरी हुन् । उनको सम्पर्कमा आएकाहरुकोस्वाब संकलन गर्ने काम भैरहेको वडाध्यक्ष ईश्वर तिमल्सिनाले बताउनुभयो ।साथै उनको घर परिवार सहित ४० भन्दा धेरै व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलनको काम भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया