काभ्रे : काभ्रेको पनौती नगरपालिकाका एकजनापुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । वडा नम्बर ३ कुशादेविका ३७ र्बिर्षय पुरुषमा संक्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संघीय प्रहरी कार्यालय जनागालमा कार्यरत हुनुहुन्थ्यो । उहाँको सम्पर्कमा रहेका व्यक्तहिरुको स्वाब संकलन भइरहेको बताईएको छ ।
संकलन भएका नमुनाको रिपोर्ट नआए सम्म उक्त क्षेत्र भित्र आवत जावत नगर्न र सुरक्षति भएर बस्न नगरपालिकाले सबै नगरबासीलाई आग्रह गरेको छ ।यसैबिच बनेपा नगरपालिकावडा नम्बर७ गोदामचोक बस्ने १२ वर्षिय बालकलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
सर्लाही घर भई हाल बनेपाको गोदाम चोकमा व्यापार गर्दै आएका व्यापारीकोछोराको कोरोना रिर्पोट पोजिटिभ आएको बनेपा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यस्वर मकै श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बालकलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याईएको छ ।
जिल्लामा संक्रमितको संख्या ४१ पुगेको छ भने २७ जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । हाल जिल्लाको विभिन्न क्वारेन्टाईनमा एक सय ३० जना रहेका छन् । जसमा ११४ जना पुरुष छन् भने १६ जना महिला छन् ।