हाउडेमायाको मौलिकता झल्किएको ”छड्के तिलहरी”

पिएनपि खबर

काठमाडौं, २६ साउन : महीलाको महानपर्व हरितालिका तीज नेपालीको आँगनमा आईसकेको छ । तर यो वर्ष कोरोना संक्रमणको कारण धुमधाम संग मनाउने भन्ने स्थिती पक्कै छैन । फेरि सटडाउन सुरू भएकाे छ ।


तर यसका बाबजुद भएपनि थुप्रै तिजगीत भने बजारमा सार्वजनिक भएका छन् । यसैबीच सिर्जना खत्री हाउडेमायाको छड्के तिलहरि पनि सार्वजनिक भएको छ । बितेका वर्षभन्दा यो वर्ष सार्वजनिक भएका तिजगीतमा मौलिकता नभएको आरोप लाग्दैआएको छ ।

फरक गर्ने दौडमा मौलिक तिज संस्कृतिमाथि प्रहार हुने खालका तीजसम्बन्धी सामाग्री सार्वजनिक भएका छन ।

यो भिडमा मौलिक तिजको संस्कृति बोकेको एकदमै न्यून गीत अर्थात औलामा गन्नसक्ने खालका गीतहरू सार्वजनिक भएको छ । सिर्जना खत्रीको भनाइ पनि ठ्याक्कै यहीँ छ हामी फरक गर्ने बाहानामा मौलिक धर्ममाथि प्रहार गरेको चेतना आएको छैन ।

त्यसकारण पनि हामी हाम्रो मौलिक परम्परालाई बचाउनुपर्छ भन्ने लागरै ”छड्के तिलहरी ” सार्वजनिक गरेका छौ ।


उनी भन्छिन्; ”छड्के तिलहरी”मा अर्गानिक संगै मौलिक परम्परालाई समेत जर्गेना गर्ने उद्धेश्यले तयार पारेका हौ । त्यसका साथै एउटा गीतले पक्कै पनि मनोरञ्जन दिन्छ । अझ मनोरञ्जन होस भन्नका लागी कमेडी कलाकार पनि राखेका छौ । यादव देवकोटा उर्फ सरापे र आयुष्मा कार्कीले यो गीतमा अभिनय गर्नुभएको छ ।


सिर्जना भन्छिन् ; भिडीयो निमार्ण गर्ने क्रममा पनि खास मौलिकता झल्कियोस भन्नका लागी गाउँमा गएर मौलिक घरमा नै सुटिङ गरेका छौ ।


अहिलेको समयमा यस्तो खालका गीत गर्नका लागी चुनौती पुर्ण छ । तर पनि हाम्रो परम्परा सस्कृतिलाई ख्याल गरेर अहिले बजारमा आएका गीत जसरी नगरेर हाम्रो पुरानै शैलीलाई अपनाएर अलिकति योगदान होस् भनेर तयार गरेका छौ । यो वर्ष हाम्रो सस्कृतिलाई अपनाएर गरेका गीतहरु सिमीत औलामा गन्न सकिने मात्र बजारमा सार्वजनिक भएको छ । अहिले कोरोनको समयलाई हेरेर पनि हामीले सामान्य ढंगले गीत गरेका छौै । सकेसम्म हाम्रो सस्कृंतिलाई असर नपरोस भन्ने हेतुले काम गरेका छौ ।

गीतले पनि ठ्याक्कै अहिलेको समाजलाई चित्रण गरेको छ ।

हामीलाई जिज्ञासा लागेर सोध्यौं यो गीतले अहिलेको समाजलाई ठ्याक्कै चित्रण गरेको हो ?

हो, सुनको भाउपनि १ लाख भन्दाबढि भएको छभने अर्को तर्फ कोरोना महामारीको समय छ ।  तर पनि चाडबाड आईसके पछी महिलाहरूलाई गहना लुगाफाटो लगाउन भन्ने मनमा लोभ हुन्छ त्यसपछि श्रीमतीले श्रीमानलाई आफ्ना कुरा हरु प्रस्तुत गर्छ ।

पचासै हजार तोलाको सुन यस्पाली तिजमा एक लाखै पुग्यो

छड्के तिल्हरी किन्देउन भन्दा बुढोको मुख ठक्रक्कै सुक्यो

नलाउ भने मनैको रहर

लाउत जान्छ गोठैको बहर

प्रति उत्तरमा श्रीमानले

केको सुन लाउछेस, पार्टीमा धाउछेस् जोगिनु पर्छ कोरोना देखि

यस्पाली बाँचे रोगले साँचे कचौरा भरी घिउ खालिस केटि

गाईलाई दाम्लो भैसिलाई लठारो

यो बुडि लाई सुन कै छ चटारो

यस्तो महामारीको बेलामा फजुल खर्च गर्न हुदैन जोगाएर राख्न पर्छ गोजीमा छैन भन्ने खालको सन्देश दिन खोजिएको छ । 

आम नागरिकालाई महामारीको बेलामा नआत्तिन र नमात्तिनको लागी पनि हामीले अनुरोध गरेको हौ । यो अहिलेको समय अनुसार चाहीँ फजुल खर्चहरु नगरौ । सञ्चय गर्नुपर्छ भन्ने किसिमको सकारात्मक सन्देश पनि जाओस् संगै भिडीयो हेर्दा दर्शकलाई मनोरञ्जनका पनि होस भन्नका लागि त्यसरी नै प्रस्तुत गरेका छौ । गीत सुन्दा पनि गीतको शब्द कमेडी खालको छ । त्यसका साथै घर भित्रै सुरक्षित भएर नाच्न पनि अनुरोध गरेका छौ ।


पछिल्लो समय तिजगीतहरुमा विकृति आएको छनी ? कारण के देख्नुहुन्छ ?

पक्कै पनि आम कलाकारलाई चर्चामा आउने रहर हुन्छ फेरी आफ्नो सिर्जना जस्लाई पनि चर्चामा आओस भन्ने हुन्छ । पछिल्लो समय सार्वजनिक भएका गीतहरुमा मौलिकता भेटिदैन जुन प्रकारले बजारमा सार्वजनिक भएका गीतको ट्रेन छ त्यो अलिकति हाम्रो मौलिकता बिर्सीएको हो जस्तो पक्कै पनि मलाई पनि लागेको छ ।

अहिले तिजको समयमा हाम्रो आयस्रोत भनेको युट्बबाट मात्रै हो । युट्बमा जति धेरै भ्युज प्राप्त भयोे उति नै बढि आम्दानी हुने हो । त्यसकारण पनि पछिल्ला समय त्यस्ता गीत आएको हुनपर्दछ तर यस्तो गीतहरू कम गरिनुपर्छ नत्र हाम्रो मौलिकतामा प्रहार हुन्छ । किनकि तिजको बेलामा स्रोताले तिजकै मौलिक गीत सुन्छन फेरि अहिले फरक गर्ने दौडमा एकदमै नराम्रो गरिरहेका छन । कुनै गीत त तिजको गीत भन्न पनि लाज लाग्दछ । त्यस्तो गर्नु जरुरी थिएन तर नयाँ गर्ने दौडमा १ जनाले गरेको ठिकै हो तर सबैले त्यस्तो गर्नु जाएज होईन ।

धेरै कलाकारले आम्दानी र चर्चामात्र सोच्नुभयो तर सस्कृति माथि प्रहार हुन्छ भनेर सोच्नुभएन । मलाई पनि पछिल्लो समयको ट्रेन अनुसारमा थुप्रै गीतमा अफर आएको थियो तर सस्कृतलाई चोट पुग्छ भनेर त्यस्ता खालका थुप्रै गीतलाई मैले अस्विकार गरे । किनकि तिजजस्तो महिलाको महान पर्वलाई मजाकको रूपमा त लिनुभएन नि हैनर…

विकृति रोक्न सेन्सर गर्नुपर्छ कि ?
मलाई लाग्दैन दोहोरी प्रतिष्ठानले सेन्सर गर्नुपर्छ भनेर, सम्भव पनि छैन दर्शक स्रोताले छुट्टाईहाल्नुहुन्छ नि कसको क्षमता कति भनेर त नैतिकताको आधारमा स्रष्टा कलाकार आफैले बुझ्न जरुरी छ ।

अन्तमा फरक कुरा जान्न मन लाग्यो पछिल्लो समय तीजमा व्रत नबसौं भन्ने गीत बजारमा सार्वजनिक भएपश्चात निकै विवादित पनि बनेको थियो हामीले उनलाई प्रश्न गर्यौ ।

तपाईं चाहीँ तीजमा व्रत बस्नुहुन्छ कि नाई ?

साउनमा चाहीँ व्रत बस्दिन मलाई ग्याष्टिकको समस्या छ । तीजमा बस्छु र बस्नुपनि पर्छ संस्कृति मात्रै होईन विज्ञानले पनि व्रत बस्दा फाईदा हुन्छ भनेको छ।

सिर्जना खत्री हाउडेमायाको ”छड्के तिलहरी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा टेक अधिकारी र सिर्जना खत्री हाउडेमायाको आवाज रहेको छ । रेशम प्रधानको शब्द संगीत रहेको छ ।
युवराज खत्रीको निर्देशन रहेको गीतमा आयुष्मा कार्की र यादव देवकोटा ”सरापे” को अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया