सैलुन सञ्चालक मृत फेला

तुलसी नेपाल

काठमाण्डौ – बुद्धनगरस्थित सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत अवस्थामा फेला परेका हुन् ।


ठाकुरको शव मुखमा रगत आएर लडेको अवस्थामा आज विहान ९ बजे फेला परेको हो । सैलुनको सटर आधा खुलेको अवस्थामा थियो ।
घटनाबारे अनुसन्धान भइरहेको बुझिएको छ । उनको शव पोष्टमार्टमका लागि लगिएको छ ।

प्रतिक्रिया