सडकमा भोका नागरिकको पेट भर्दै नायिका बेनिसा (स्थलगत भिडियो रिपोर्ट सहित)

तुलसी नेपाल

काठमाण्डौ – विश्वव्यापी स्वास्थ महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी सुरुवात भएसँगै लकडाउनको सुरुवात भयो त्यसपछि शटडाउन हुँदै अहिले निषेधाज्ञाको नाममा नागरिकलाई आफ्नै घरभित्र बन्द गरेको ५ महिना भन्दा लामो समय भयो ।

५ महिनाभन्दा लामो समयदेखि काम गर्न नपाएपछि दैनिक ज्याला मजदुरी गरेर हुँदा खाने वर्ग मात्रै होइन हुनेखाने वर्ग समेत ठूलो आर्थिक संकटको चपेटामा परेको छ ।

महिनौं दिनसम्म रोजगार, व्यवसाय बन्द हुँदा थुप्रैको रोजिरोटी खोसिने अवस्था आएको छ । यो अवस्था अझै कतिसम्म रहने हो ठेगान छैन् । यो ५ महिनाको अन्तरालमा जनतालाई ५ किलो चामल (त्यो पनि राजनीतिक पहुँचवाला) राहत बाड्ने बाहेक सरकारका कुनै पनि घोषणा नागरिक स्तरमा पुग्न नसकेको कुरा खुल्ला रहस्य हो ।

तर, सहनशील र विशाल हृदय भएका नेपालीहरु आफू खान नपाएपनि अरुको भोको पेट कहिल्यै टुलुटुलु हेर्न सक्दैनन् । त्यस्तै मध्यका युवाहरुको समूह ROYAL COLLABROTIVES नामक युवाहरुको समूहले विगत केही दिनदेखि राजधानीको पुरानो बसपार्क लगायतका अन्य स्थानमा थुप्रै भोका नागरिकहरुलाई खाना ख्वाउँदै आएका छन् ।

संयोगले पुगेको पिएनपी खबर टिमले ४ सय भन्दा धेरै नागरिकलाई खाना ख्वाउँदै गरेको यो दृश्य कैद गर्दै गर्दा नेपाली चलचित्रकि चर्चित नायिका बेनिशा हमाल समेत उक्त अभियानमा सहभागी रहेको जानकारी पायौं ।

उसो त लकडाउन, सटडाउन वा महामारीको समयमा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरु टिकटकमै रमाउने गरेको अवस्थामा अपवाद स्वरुप आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न लागिरहेकी उनै नायिका हमाल सँग हामीले गरेको कुराकानीको सम्पादित अशं प्रस्तुत गरेका छौँ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया