काठमाण्डौमा निषेधाज्ञा के गर्ने भन्नेबारे प्रशासकहरु छलफलमा

तुलसी नेपाल

काठमाण्डौ – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा लागु भएको निषेधाज्ञा के हुने भन्नेबारे बुधबार मात्रै निर्णय हुने भएको छ ।

दोस्रो पटक लागु भएको निषेधाज्ञाको समय बुधबार मध्यरातमा सकिँदै छ । त्यसअघि नै बुधबार दिउँसो अब के हुने भन्नेबारे निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए । निषेधाज्ञा कसरी अघि बढाउने वा के गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

काठमाण्डौ उपत्यकामा संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया