अस्पतालबाट डिस्चार्ज भए, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला

admin

काठमाडौं, ३ असोज : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणपछि महामन्त्री कोइरालाको स्वास्थ्य जटिल बन्दा ओम अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएका कोइरालाले डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिएका छन् । कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया