भोलि बेलुकीदेखि पानी पर्ने, बाढी पहिरोको पनि जोखिम

admin

काठमाडौं, ४ असोज : (भोलि) सोमबार बेलुकीदेखि देशका अधिकांश ठाउँमा पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सोमबार बेलुकी प्रवेश गर्ने प्रणाली देशभरि नै फैलिएर यो हप्ता पानी पर्ने क्रम बढ्ने देखिएको हो ।

केही ठाउँमा भने ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको पनि जोखिम बढ्ने देखिएको छ । मौसमविद् पौडेलले सोमबार पूर्वबाट पानी पार्ने केही प्रणाली नेपाल प्रवेश गर्न लागेकाले पानी पर्ने क्रम बढ्ने जानकारी दिए ।

आइतबार भने राति देशभर आंशिकदेखि सामान्य बदली रहेर प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया