चाँदीको मूल्य घट्यो, सुनको मूल्य आज स्थिर

admin

काठमाडौं, ४ असोज : आइतबार चाँदीको मूल्य केही घटेको छ भने सुनको मूल्य घटबढ भएको छैन । सुनको मूल्य आइतबार पनि तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको थियो । सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने आइतबार घटेको छ ।

चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय १५ रुपैयाँमा झरेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया