खाममा विष हालेर राष्ट्रपति ट्रम्पलाई चिट्ठी

अस्मिता बेल्बासे

एजेन्सी, ४ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा विषालु केमिकलसहितको खामपठाइएको खुलेको छ । अमेरिकी जाँच एजेन्सीहरुका अनुसार केही दिन अघिमात्रै ह्वाइट हाउस र केही विभागहरुमा एकविषालु केमिकलसहितको खामपठाइएको खुलेको हो ।

सबै चिट्ठी राष्ट्रपति ट्रम्पको नाममा पठाइएको थियो । ह्वाइट हाउसका एक अफिसले शनिबार भने, ‘यस्तै अन्य खतरनाक केमिकलसहितका खाम ह्वाइट हाउस वा अन्य विभागमा पनि पठाइएको छ भनेर जाँच एजेन्सीहरु यो पत्ता लगाउने कोसिस गर्दैछन् ।’

अधिकारीहरुका अनुसार यस षड्यन्त्रलाई सफल बनाउनका लागि स्थानीय हुलाक प्रणालीको प्रयोग गरिएको छ । न्युर्योक टाइम्समा प्रकाशित समाचारअनुसार जाँच एजेन्सीहरुलाई यो खाम क्यानेडाबाट पठाइएको आशंका छ ।

एक महिलामाथि यसबारे आशंका गरिएको छ, तर उनको नाम सार्वजनिक गरिएको छैन । वासिङटनमा आतंकवादविरुद्धको संयुक्त दस्ताले यस घटनाको जाँच गरिरहेको छ ।

यसैगरी अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबिआईले भनेको छ, ‘हामी युएस सक्रेट सर्भिस र युएस पोस्टल इन्सपेक्सन सर्भिसको सहयोग लिएर जाँच गरिरहेका छौं । मानिसहरुलाई कुनै खतरा छैन ।’

त्यस्तै, न्युर्योक पुलिसको विशेष युनिटले पनि जाँच एजेन्सीलाई सहयोग गरिरहेको छ । अहिलेसम्मको जाँचमा विषालु पदार्थ रिसिनसहितको खाम पठाउने कार्यमा कुनै आतंकवादी संगठनको संलग्नता रहे-नरहेको पत्ता लागेको छैन ।

यद्यपी, यो अनुसन्धानको सुरुवाती चरण रहेको अधिकारीहरुले बताएका छन् । एक अधिकारी भन्छन्, ‘हामी अहिल्यै केही भन्न सक्ने अवस्थामा छैनौं ।’ अमेरिकी अधिकारीहरुलाई यस्ता चिट्ठी यसअघि पनि आउने गरेको थियो ।

२०१३ मा मिसिसिपीका एक व्यक्तीले तत्कालीन राष्ट्रपति बाराक ओबामा र एक रिपब्लिकन सिनेटरलाई रिसिनसहित एक खाम पठाएक थिए । ती व्यक्ति शेनन रिचर्डसन नामकी ती महिला रहेको पहिचान भयो, उनलाई १८ महिला जेल सजाय भएको थियो ।

२०१८ मा रक्षा मन्त्री जिम म्याटिसलाई यस्तै खाले खाम पठाइएको थियो । अनुसन्धानपछि नेवीका पूर्व अफिसर सिल्ड एलिन पक्राउ परेका थिए । यस विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया