मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता : टिकटकबाट कलाकार किन छान्दैछिन् प्रियंका ?

अस्मिता बेल्बासे

काठमाडौं, ४ असोज : पछिल्लो समय सबैभन्दा लोकप्रिय बन्दै गएको सामाजिक संजाल टिकटकले नेपालमा निक्कै बजार तताएको छ । त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उदेश्यले द जिएमआइ एकेडेमीको आयोजना साथै ईभेन्ट पार्टनर सही हो संगको सहकार्यमा द बिगेस्ट टिकटक प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिस्पर्धामा भाग लिन चाहाने ईच्छुक प्रतिस्पर्धीहरुले अनलाइन फारम भर्नुपर्नेछ । आयोजना भर्चुल माध्यमबाट आयोजना हुन लागेकोले उत्त प्रतिस्पर्धामा विश्वभर छरिएर बसेका आम नेपाली नागरिकले भाग लिन पाउनेछन् ।

आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नुपर्ने पनि आयोजक द जीएमआईले जनाएको छ । प्रतियोगितामा सहभागी हुन १ सय रुपैयाँ शुल्क राखिएको छ ।

यो प्रतियोगिताको लागि निर्णयकमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराजलाई चयन गरिएको छ । प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा लोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनुपर्ने आयोजकले जनाएको छ ।

यो प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा चलचित्र, दुईवटा म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यस्तै, १ लाख ५० हजार रुपैयाँ पनि प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगितामा दोस्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर र १ लाख रुपैयाँ पाउने बताइएको छ । तेस्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अवसर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया