काठमाडौं, १२ असोज : महिला हिं’सा तथा बालबालिकामाथि हुने ज’ब’र’जस्ती क’रणीका घ’टनाका दोसीमाथि कडा कारवाही गराउने उदेश्यले महिला सांसदहरुले कार्यदल गठन गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बिन्दा पाण्डेको संयोजकत्वमा बिशेषत: बालिका ब’लात्का’र गर्नेमाथि कडा कानुनी कारवाही गराने गरी सुझाव दिनेगरी ९ सदस्यीय कार्यदल गठन भएको हो ।
कार्यदलको सदस्यमा सांसदहरु शान्ता चौधरी, निरुदेवी पाल, पुष्पा भुसाल, अमृता थापा, रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा, लक्ष्मी परियार र पार्वती थापा रहेका छन् । कार्यदल गठन गर्न सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सोमबार बैठक बसेको थियो ।
कार्यदलको लक्ष्य बालिका ज’बर’जस्ती क’रणी गर्नेलाई मृ’त्युद’ण्ड हुनेगरी संविधान शसोधन गराउनेसमेत रहेको बुझिएको छ । त्यसका लागि तत्कालै विभिन्न सन्धिहरु अध्यायन तथा समिक्षा गर्ने काम थालिने बताइएको छ । अधिकांश सांसदहरु बलात्कारीलाई फाँ’सीको स’जाय दिने व्यवस्था ल्याउने पक्षमा रहेपनि नेपालका लागि कानूनी अवरोध भएकाले यसको बाटो खोल्नेबारे अध्यायन गरिने भएको छ ।
पछिल्लो समय मुलुकमा महिला हिँ’सा तथा बालबालिकालाई ज’ब’रजस्ती क’रणी गर्ने र ज्या’नसमेत लिने घ’ट’नाहरु बढिरहेका छन् । सोका बि’रु’द्ध कडा कानून बनाई कार्यन्वयन गराउन देशव्यापी रुपमा विभिन्न पक्षले आवाज उठाइरहेका छन् ।