काठमाडौंमा मात्रै २० हजारभन्दा बढि संक्रमित

admin

काठमाडौं, १५ असोज : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नौ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनालाई कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार एक सय तीन पुगेको छ । काठमाडौंमा २० हजार तीन सय ९३ जना, ललितपुरमा दुई हजार पाँच सय २५ र भक्तपुरमा तीन हजार एक सय ८५ संक्रमित पुगेका छन् ।

प्रतिक्रिया