रौतहट, असोज १५ : रौतहटको गुजरा नगरपालिका–२, कटानीकी एकजना महिलाको प्र’हरी हिरासतमा मृ’त्यु भएको छ । महिलाको थुनुवाकक्ष नभएपछि प्र’हरीले गरुडास्थित महिला बालबालिका सेवा केन्द्रको हिरासतमा राखेको थियो ।
खाना खाएर निदाएकी ती महिला बिहीबार बिहान मृ’त अवस्थामा भेटिएको प्र’हरीले जनाएको छ । अनैतिक सम्बन्ध राखेका अवस्थामा उनी र एकजना पुरुष दुवैलाई इलाका प्र’हरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्र’हरी कार्यालय गरुडाको हिरासतमा विजय महराको मृ’त्यु प्रकरण सेलाउन नपाउँदै पुन प्र’हरी हिरासतमा महिलाको मृ’त्यु भएको छ ।