गाई का’टेर खाने तीनजना प’क्राउ

राष्ट्रिय समाचार समिति

वालिङ, असोज १५ : गाई का’टेर खाने तीन जनालाई प्र’हरीले बिहीबार सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई का’टेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्र’हरीले बुधबार प’क्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्र’हरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्र’ह’री प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय नारायण भुसाल, २४ वर्षीय डोलुराम नेपाली र वालिङ–१३ बस्ने ३२ वर्षीय रामबहादुर सार्की प’क्राउ परेका हुन् ।

उनीहरुले मासु खानका लागि जिउँदो गाई काटेर मासु भाग लगाएको र टाउको र खुट्टा जौबारीस्थित नारायण भुसालको बाँझो जमिनमा खाडल खनी पुरेको खुल्न आएको प्र’हरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्र’हरी, पशु सेवा कार्यालय गल्याङका पशु चिकित्सक, प्राविधिकसहितको टोलीले उक्त स्थानमा गई खाडल खोतलेर हेर्दा गाईको टाउको, चार खुट्टा, आन्द्रा र भूँडी कुहेको दुर्गन्धित अवस्थामा फेला परेका थिए । रासस

प्रतिक्रिया