काठमाडौं : नेपालमा दैनिक ६ देखि ७ जना महिला ब’लात्का’र तथा जबर्जस्ती करणीको सि’कार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्र’हरीले पी’डित र पी’डकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला ब’लात्का’र तथा ज’बर्जस्ती क’रणी’को सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्र’हरीमा उजुरी आए पछिको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार ५ सय ७० वटा ब’लात्का’र तथा ज’बर्जस्ती क’रणीका घट’ना भएका छन् भने गत आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार ४ सय ४९ वटा ब’लात्का’रका घ’टना भएको छ । यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६ देखि ७ जनामाथि ब’लात्का’र तथा ज’बर्जस्ती क’रणीका घ’टना भइरहेकोे देखाएको छ ।
पी’डक र पी’डितको नाताका आधारमा तयार तथ्यांकअनुसार हजुरबुवादेखि बुवा र झट्केलो बुवा, ससुरा, आमा छोरा, काका,मामा, ठूलोबुवा, चिनजानका व्यक्ति, छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र चिन्दै नचिनेका व्यक्तिहरूबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा देशभर भएका २ हजार ४ सय ४९ वटा ब’लात्का’रका तथ्यांकलाई हेर्दा चिने जानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी घ’टना भएको छ । सो आर्थिक वर्षमा प्र’हरीमा पीडकका विरुद्ध २ हजार १ सय ४४ वटा मु’द्दा दर्ता भएको छ । तथ्यांकअनुसार छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ ब’लात्का’रका घ’टना भएका छन् भने नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ वटा घ’टना भएका छन् ।
त्यसैगरी, हजुरबुवाबाट ६, बुवा र झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा र छोराबीच ३, काका, मामा, ठूलो बुवाबाट ४१, दाजुभाइ, काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर, जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा ब’लात्का’रका घ’टना भएको तथ्यांकले देखाउँछ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा नै घरमालिकबाट ३, केटा साथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमानबाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घ’टना भएका छन् । तथ्यांकले सो आर्थिक वर्षमा सबैभन्दा बढी ब’लात्का’रका घ’टना प्रदेश १ मा भएको देखाएको छ ।
जसअनुसार प्रदेश १ मा ५ सय ४२ घ’टना भएका छन् । यसैगरी, प्रदेश २ मा ३ सय ४२, बाग्मती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा १ सय ७३, प्रदेश ५ मा ३ सय ९९, कणार्ली प्रदेशमा १ सय ७७, सुदूरपश्चिम प्रदेशमा २ सय ३६ र उपत्यकामा २ सय ९६ वटा घ’टना भएको तथ्यांकले देखाउँछ ।
आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घ’टना हुने गरेको देखिन्छ । यी विभिन्न करणबाट घ’टना भए पनि आधाजसो घ’टना गुपचुप नै रहने गरेको छ । र, पटक-पटकको आजीत व्यवहार, गर्भ रहने वा रहेको अवस्था तथा सम्बन्धमा इगो अथवा द्व’न्द्वका घ’टना हुँदा घटना बाहिर आउने गरेको देखिन्छ । आजको राजधानीमा खबर छ ।