सुनको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १६ असोज : सुनको मूल्य शुक्रबार तोलामा दुई सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बिहीबार ११ सय ७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार पनि उही मूल्यमा कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया