सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १८ असोज : साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार तोलामा २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । यसैगरी महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया