सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना

admin

काठमाडौं, १८ असोज : सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ ।

अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार यसअघि दैनिक ९/१० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि (आज) आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका न्यायाधीशसहित अरु कर्मचारी आ-आफ्नो घरमै आइसोलेशनमा बसेको उनले जानकारी दिए । आइतबार बन्दी प्रत्यक्षीकरणको निवेदनमा समेत सुनुवाइ हुने छैन ।

प्रतिक्रिया