फेरि विवादित बने कोराना संक्रमित ट्रम्प, गाडीमा घुम्दै समर्थकलाई अभिवादन

admin

काठमाडौं, १९ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादित बनेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले उपचार भइरहेको अस्पताल बाहिर उपस्थित समर्थकहरूलाई गाडीमा घुम्दै अचम्ममा पारिदिएका छन् ।

कोरोना भाइरस संक्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बनेका हुन् ।

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेको बीबीसीको खबरमा उल्लेख छ ।

आफूले ‘आश्चर्यजनक भ्रमण’ गर्ने भनि ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिए । महामारी नियन्त्रण गर्ने नीतिलाई लिएर आलोचित हुँदै आएका ट्रम्पले कोरोना भाइरसबाट आफूले धेरै सिकेको पनि बताएका छन् ।

गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ ।

यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमबार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया