काभ्रेमा एकैदिन थपिए ४१ जना कोरोना संक्रमित

admin

धुलिखेल, १९ असोजः  काभ्रेमा एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकै दिन ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये सबैभन्दा बढी पाँचखाल नगरपालिकामा १७ जना पुरुष छन् । त्यस्तै धुलिखेल नगरपालिकामा ७ महिला र ८ जना पुरुष संक्रमित भएका छन् ।

त्यस्तै बनेपालका नगरपालिकाका ७ पुरुष र ३ महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी निुभयो । त्यसैगरी पनौती नगरापलिकाका २ जना पुरुष र एक जनामा महिला पनि कोरोना संक्रमण देखिएको छ ।

आज ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । काभ्रेमा कोरोना संक्रमितको संख्या ७६८ पुगेको छ । ८ जनाको मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसनमा १७५ जना रहेका छन् । त्यस्तै १३० होम आइसोलेन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया