नेकपा सचिवालय बैठक भोलि दिउँसो ४ बजे बस्ने

admin

काठमाडौं, १९ असोज : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक मंगलबार बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको कार्यकारी जिम्मेवारी पाएका अर्का अध्यक्षबीच सोमबार पनि छलफल भएको थियो । बालुवाटारमा भएको भेटपछि सचिवालय बैठक मंगलबार दिउँसो ४ बजे बस्ने तय भएको हो ।

अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । मंगलबार बस्ने बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया