पाँचखाल नगरपालिकामा भू–सेवा केन्द्र सञ्चालन गरिदै

admin

पाँचखाल नगरपालिकामा भू–सेवा केन्द्र सञ्चालन गरिने भएको छ । काभ्रे जिल्ला अन्र्तगत भू–सेवा केन्द्र सञ्चालन गर्ने सम्बन्धमा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ बमोजिम मालपोत कार्यालय काभ्रेको निर्णय अनुसार नगरपालिकामा भू–सेवा केन्द्र सञ्चालन गर्न लागिएको हो ।

नगरपालिकामा असोज २१ गते देखी भू–सेवा केन्द्र सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको कार्यापालिका बैठकले नै यस कार्यलाई निर्णय गरेको हो ।

प्रतिक्रिया