विदेशीको नाममा फेसबुक आईडी, विवाह गर्छु भन्दै ठ’गी

admin

काठमाडौं, असोज १९ : महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरि लाखौं रकम ठ’गी गर्ने एक महिलालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ की ३१ वर्षीय सीता भुसाल छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा विदेशी नागरिकको नाममा नक्कली आईडी खोलेर सीताले ठगी गर्ने गरेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

सीताले Dr.james sonar / James andy नामको आईडीबाट नेपालीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने गर्थिन् । फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाई आफू लण्डनको नागरिक हो भनि परिचय दिई सीताले नेपाली नागरिकसँग कुराकानी गरेको खुलेको छ । कुराकानीको क्रममा सीताले विवाह गर्छु भनि विश्वास दिलाई ठगी गर्ने गरेको थापाले बताए ।

थापाका अनुसार जन्मदिनको अवसरमा सरप्राईज गिफ्ट पठाइदिन्छु भनि सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारेर लाखौ रकम ठ’गी गरेको पाइएको छ । यद्यपि सीताले यति नै ठगेको खुलेको छैन ।

प’क्राउ परेकी सीतामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि महानगरीय प्र’हरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया