२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु

राष्ट्रिय समाचार समिति

काठमाण्डाै : तपाईँ हामीले एक महिलाले तीन वा चार वटासम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियाैँ । सोमबार थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोनिका तामाङले तीन र चार नभइ एकै साथ पाँच शिशु जन्माउनुभएको छ ।

उहाँले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिनुभएकाे हाे । अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्रका अनुसार तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् ।

उहाँका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । ‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन’, उहाँले भन्नुभयो, ‘अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’

डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु बिरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १‍.८ किलो, दोस्राेको आठ सय ग्राम, तेस्राेको १.९ किलो र चौथाको १.६ किलाे छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गर्नुभएको थियो । २०७५ सालमा मकवानपुरको कमाने क्षेत्रमा यो भाइरसको संक्रमण फैलँदा कुखुरा मरेर सबै खोरहरू खाली भएका थिए।

करिब तीन वर्ष अघि चितवनमा पनि यही भाइरसको संक्रमणले ठूलो क्षति पुगेको थियो। त्यसयता एच ९ भाइरसको संक्रमण फाट्टफुट्ट देखिए पनि यति धेरै क्षति भने नभएको डा.चापागाईंले बताए।

विगतमा फागुन, चैत महिनामा संक्रमण बढी देखिने गरेकोमा पछिल्लो समयमा जुनसुकै महिनामा पनि देखिन थालेको उनले बताए। ‘खोर वरपर अन्य चराहरू पनि मरेका रहेछन्, विदेशबाट आएका चराहरूबाट संक्रमण सरेको पनि हुन सक्छ’, उनले भने भने, ‘भाइरसलाई फैलन नदिन जैविक सुरक्षामा ध्यान दिँदै उच्च सतर्कता अपनाउनुपर्छ।’

भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाको पिसिआर मेसिनमा हाल कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ। त्यसकारण चितवनमा कुखुरामा गम्भीर समस्या देखिए नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्छ। ल्याबका अन्य मेसिनहरूले भने पहिले जस्तै काम गरिरहेका छन्।

यादवकाअनुसार कुखुरामा सालमोनेला, इकोलाई, सिआरडी, टक्सीसीटी, गाउत लगायतका रोगहरू भने प्रायः देखिने गरेको छ। ‘तर यी महामारी निम्त्याउने रोग होइनन्’, यादवले भने, ‘एस ९ को नियन्त्रणमा सतर्क भएन भने चाहिँ कुखुरामा महामारी देखिन पनि सक्छ ।’

प्रतिक्रिया