सामाजिक अभियान्ता भनिने शाही समर्थकको ह’र्कत: सह-सम्पादक खत्रीको चरित्र ह’त्या

admin

काठमाडौं, १९ असोज : आफुलाई भ्र’ष्टाचा’र वि’रु’द्धको सामाजिक अभियान्ता बताउने ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीका समर्थकहरुले श्रमजीवी पत्रकार पिएनपी खबरका सह-सम्पादक युवराज खत्रीको सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र ह’त्याको प्रयास गरेका छन् ।

कथित अभियान्ता शाहीले केहि दिन अगाडि पिएनपी खबरको युट्युव मार्फत प्रकाशित एउटा भिडियोलाई लिएर ‘गर्दै नगरेको कुरालाई टाइटल बनाएर हाल्ने युट्युव मिडियाले गर्दा नै आपसी विवाद बढाउँछ, यी मिडियाहरु सुध्रिन आवश्यक छ’ भन्ने क्यापसन सहितको स्क्रिनसट आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए ।

शाहीको यहि स्टाटसलाई आधार मानेर श्रमजीवी पत्रकार खत्रीको चरित्रमाथि आ’क्रमण गरिएको बुझ्न कठिन छैन् । हेर्नुहोस शाहीको फेसबुक स्टाटस

 
पिएनपी खबरको युट्युव मार्फत सार्वजनिक गरेको शाहीको भिडियोमा उनले दाबी गरेजस्तो गर्दैनगरेको कुरा भने उल्लेख गरिएको छैन् । उनले बोलेकै विषयलाई शिर्षक राखेको स्पष्ट छ । हेर्नुहोस शाहीको उक्त भिडियो:

शाहीको यस्तो स्टाटसपछि Priyanka Rai नाम गरेको फेसबुक मार्फत पत्रकार खत्रीको चरित्र ह’त्याको प्रयास गरिएको हो । शाहीको फेसबुक स्टाटसलाई आधार बनाएर पत्रकार खत्रीलाई ‘दलाल’को उपमा दिइएको छ । हेर्नुहोस उक्त स्टाटस:

उनै Priynaka Rai नाम गरेको फेसबुक आइडीबाट पहिला शाहीकै टिममा रहेर केहि दिन अगाडि कांग्रेस प्रवेश गरेकि कांग्रेस नेतृ पवित्रा लामालाई पनि ‘पाखन्डी’ तथा ‘झोले’ जस्ता शब्दको प्रयोग गर्दै चरित्र ह’त्याको कोशिश गरेको देखिएको छ । हेर्नुहोस उक्त स्टाटस:

आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शाहीलाई पहिलोपटक पिएनपी खबरले नै उनको विचार र अभियानको समर्थन गर्दै भिडियो मार्फत सार्वजनिक गरेको थियो । पहिलोपटक आफैंले अन्तार्वाता दिएको मिडिया र पत्रकार प्रतिको शाहीको पुर्वाग्रह आफैंमा लाजमर्दो देखिन्छ ।

उक्त समयमा शाहीलाई कुनै अनलाइन वा युट्युवले चिनेकै थिएनन् । मुलधारका मिडिया त उनका लागि ‘दिल्ली दुर है’ को अवस्था हो । शाही समर्थकको उक्त हर्कत प्रति सह-सम्पादक खत्रीले खेद व्यक्त गर्दै आफू कानुनी कार्वाहीको प्रक्रियामा अगाडि बढेको तथा साइबर अ’पराध वि’रुद्ध उजुरी दर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया