सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २० असोज : मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको मूल्य मंगलबार तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार तोलामा ४ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । यस्तै मंगलबार तेजाबी सुनको मूल्य ९४ हजार ४ सय कायम गरिएको छ । यस्तै चाँदी मंगलबार तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया