डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दापनि राज्यले वार्ता नगरी बस्न मिल्छ ?

admin

काठमाडौं, २० असोज : जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दापनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । 

 डा. भट्टराईले ट्विटरमार्फत डा. केसीलाई भेटेको तस्विर राख्दै यस्तो प्रश्न गरेका हुन् । यस्तै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालले पनि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको लागि सरकारले यथाशक्य चाँडो वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेताद्धयले विभिन्न मिडियामार्फत डा. केसीको जीवनरक्षाको लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका हुन् । नेता खनालले आफूले सरकारलाई डा. केसीसँग वार्ताको लागि पहल गर्न आग्रह गर्ने जनाएका छन् । नेता नेपालले पनि डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएकोले अनशन अन्त्य गराएर ज्यान बचाउनुपर्ने बताएका छन् । 

प्रतिक्रिया