थप नौं जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या ९० हजार नाघ्यो

admin

काठमाडौं, २० असोज : पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ९० हजार आठ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६७ हजार पाँच सय ४२ पुगेको छ । अब नेपालमा २२ हजार सात सय नौ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया