प्रदेश ५ को स्थायी राजधानी भालुवाङ भएसँगै नाम लुम्बिनी राख्ने प्रस्ताव पारित

admin

रुपन्देही, २० असोज : प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएसँगै नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ ।

मंगलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेको हो । मतदानमा ८३ जनाको उपस्थिति रहेको थियो ।

यसअघि प्रदेशको राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएको हो । प्रदेश सभामा मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।

संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरेका थिए ।

प्रतिक्रिया