डा केसीलाई अनशन अन्त्य गर्न नेकपाकाे अनुराेध

admin

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले डा गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ। मंगलवार बालुवाटारमा बसेको बैठकले डा केसीलाई अनशन तोड्न अनुरोध गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीका सम्बन्धमा सरकारले अनशन अन्त्य गरेको अनुरोध सहितको विवरण बैठकलाई जानकारी दिएको उनले बताए। ‘डा गोविन्द केसीले चिकित्सा क्षेत्र सुधारका लागि जुन-जुन विषय र मुद्दा उठाउनु भएको थियो, त्यसलाई पूरा गर्ने गरी सरकारले सम्झौता गर्‍यो। सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।

मुलत: सम्झौता कार्यान्वयन भइसकेको छ’, उनले भने, ‘कतिपय कार्यान्वयनको प्रक्रियामा अघि बढेको छ। कोरोनाले देशलाई अप्ठायारो स्थितिमा पुगिरहेको बेलामा सबै कोरोनाले रोकथाम नियन्त्रणमा केन्द्रित हुनपर्ने छ।

पहिला भएका सम्झौता कार्यान्वयन भएको पृष्ठभूमिमा अरु विषयमा छलफल गर्नुपर्ने भए छलफल गर्ने बैठकले पनि सरकारले जस्तै अनशन अन्य गर्न अनुरोध गरेको छ।’ डा केसी विभिन्न माग राख्दै २३ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनशनमा बसिरहेका छन्।

प्रतिक्रिया