कोभिड प्रोटेक्सन चार्ज लिनु हाम्रो रहर होईन, बाध्यतालाई बुझिदिनुस् : नर्भिक

admin

काठमाडौं, २१ असोज : काठमाडौंको थापाथलीमा अवस्थित् नर्भिक ईन्टरनेश्नल हस्पिटलले विभिन्न संचारमाध्यममा आफ्नो अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क (कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै नर्भिकले भनेको छ, ‘कोभिड-१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही तथा भर्ना भएका बिरामीहरुको भिजिटर र निजहरुले बोकेर ल्याउनसक्ने संक्रमणलाई अत्यन्त वैज्ञानिक ढंगबाट व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने हुन्छ, जसले गर्दा भर्ना भएका बिरामीहरुमा कोभिडको प्रभाव नपरोस् ।’

नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा संचालन गर्दै आएको पनि जनाएको छ । उसले भनेको छ,‘ अस्पतालमा रहेका नन्कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्न सकियोस् भन्नेमा हामी सजग छौं । यस्ता, नन्कोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तराष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामाग्रीहरु प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ ।’

‘त्यसका लागि अन्तराष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ-ठाउँमा ह्याण्ड स्यानिटाइजेसनको उपलब्धता, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल शू कभर आदिको प्रयोग गर्न लगाउने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ)लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको छ ।’

अस्पताल हातालाई वैज्ञानिक प्रविधिद्धारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट विरामीलाई संक्रमण हुन नदिन विभिन्न प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको जनाउँदै यी सबै प्रयासहरुका लागि ठूलो धनराशि खर्च हुने गरेको पनि अस्पताले स्पष्ट पारेको छ ।

उनले विज्ञप्तमिा भनेको छ,‘जसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव छ । अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं । यो हाम्रो रहर नभई बाध्यताको रुपमा बुझिदिन अनुरोध गर्छौ ।’

प्रतिक्रिया