सरकार र अनशनरत केसीबीच आज वार्ता हुँदै, दुवै पक्षले बनाए टोली

admin

काठमाडौँ , असोज २२ : २५ दिनदेखि अनसनरत डा गोविन्द केसी र सरकारले आआफ्नो तर्फबाट वार्ता टोली गठन गरेपछि आज वार्ता हुने भएको छ।

सरकारले अनशनरत चिकित्सक प्राडा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

शिक्षामन्त्री स्तरीय निर्णयबाट सो समिति गठन भएको हो। मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो।

समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन्। त्यस्तै डा गोविन्द केसीको पक्षबाट चार सदस्यीय वार्ता टोली गठन गरिएको छ।

वार्ता टोलीमा डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा डा। अन्जनी कुमार झा, डा। लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन्।

चिकित्सक सं‌घले विहीवारदेखि बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गर्नासाथ सरकारले वार्ता टोली बनाएको हो।

प्रतिक्रिया