आज एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, असोज २२ । पछिल्लो २४ घण्टामा ४३६४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । देशभर संक्रिय संक्रमितको संख्या २६६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना कोरोना संक्रमित थपिएका छन ।

छिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

प्रतिक्रिया