अबदेखि प्र’हरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने

admin

काठमाडौं : प्र’हरीको पोसाक लगाएर अब टिकटक सहितका भिडियो गराउन अब नपाइने भएको छ। नेपाल प्र’हरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्र’हरी पोसाकहरूको दुरुपयोग भएको भन्दै विभिन्न चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा अबदेखि प्र’हरी पोसाकको जथाभावी प्रयोग नगर्न निर्देशन दिएको हो।

यदि प्रयोग गर्नै परे प्र’हरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रसार इकाइमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन पनि प्र’हरीले आग्रह गरेको छ।

 

प्रतिक्रिया