ज्ञानेन्द्र शाहीकै बाटोमा पुण्य प्रसाईं: आफ्नै पार्टीबाट राजीनामा दिएका नेतालाई दलाल घोषणा

admin

काठमाण्डौ : भ्र’ष्टाचार विरु’द्धको अभियान चलाउँदै आएका ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीकै शैलीमा सचेत नेपाली नामको पार्टी गठन गरेको घोषणा गर्दै त्यसको स्वघोषित अध्यक्ष समेत घोषित भएका पुण्य प्रसाईंले सचेत नेपाली पार्टीबाट राजीनामा दिएका आफ्नै पार्टी नेताहरुको चरित्र ह’त्या गर्ने जस्तो अराजनीतिक काममा लागेका छन् ।

केही दिन अगाडि मात्रै सचेत नेपाली पार्टी घोषणा गरेका प्रसाईंको कार्यशैली र सचेत नेपालीको पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय कार्यसमिति सदस्यबाट राजीनामा दिएका नेताहरु हेमन्त सेढाई, जस्मिन गुरुङ, विजे सिंह राई र इन्द्र गुरुङले पार्टी छोडेपछि स्वघोषित अध्यक्ष प्रसाईंले सेढाई र गुरुङको चरित्र ह’त्या गर्न सुरु गरेका हुन् ।

सचेत नेपाली पार्टीको निर्णयमा स्वघोषित अध्यक्षको एकल निर्णय, जात र भाषाको आधारमा भेदभावपूर्ण व्यवहारका साथै भुमिगत हुने सम्मको गैरकानुनी काम गर्न थालेको भन्दै उक्त पार्टीबाट आफूहरु अलग भएको नेता सेढाईले जानकारी दिए ।

राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका सेढाई सीमा एंव नागरिकता बिज्ञको रुपमा जनतामाझ परिचीत छन् ।

‘आफूहरुलाई बदनाम गर्न आम सञ्चारको दुरुपयोग गर्दै क्रिष्चियनको एजेन्ट र विदेशी शक्तिबाट परिचालन भएको कपोलकल्पित आरोप’ लगाइएको बताउँदै उक्त पार्टीबाट अलग भएको र आगामी दिनमा उक्त पार्टीको गलत कदमको सशक्त भण्डाफोर गर्ने सेढाईको चेतावनी छ ।

केही अगाडिसम्म मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को समर्थन गर्दै आएका प्रसाईं हाल एमसीसीको विरोध गर्दै आएका छन् ।

यसले उनलाई बोली फेर्न सिपालु व्यक्तिको रुपमा चित्रित गरेको छ । हिजो उनलाई साथ दिनेहरुले अहिले साथ छोड्दै गएपछि तिल्मिलाएका प्रसाईंले हिजोका आफ्नै सहकर्मीको चरित्र हत्या गर्न थालेको बताइन्छ ।

प्रतिक्रिया