काभ्रेमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

admin

काभ्रे : काभ्रेमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धुलिखेल नगरपालिका १ पुरुष,मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला,नमोबुद्धका १ पुरुष,रोशी गाँउपालिकाका १ महिला र बनेपा नगरपालिका १० पुरुष ७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८९७पुगेको छ । हाल सम्म ५८३ जना उपचार पछि निको भएका छन् ।

आज मात्र ५१ जना डिस्चार्ज भएका छन् । आझै जिल्लामा ३०६ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ११० जनाको अस्पताल आईसोलेसनमा उपचार भईरहेको छ भने १९६ जना होम आईसोलेसनमा छन् ।

प्रतिक्रिया