जुन थालमा खायो … : सामाजिक अभियान्ताको आडमा समर्थकको असामाजिक हर्कत

admin

काठमाण्डौ : नेपालमा एउटा उखान छ, ‘जुन थालमा खायो त्यही थालमा … गर्ने’ अहिले यस्तै अवस्था देखिएको छ । भ्र’ष्टाचा’र, कुशासन, वेथिति र सरकारका गलत कदमको आलोचनाबाट चर्चाको शिखरमा पुगेको ठानिएका ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाही अहिले पनि चर्चामा नै छन् । तर, उनका समर्थकको गलत शैलीका कारण ।

आफैंले बोलेको कुरालाई आधार बनाएर पिएनपी खबरले सार्वजनिक गरेको भिडियोको विरोध गर्दै आफूले बोलेको कुरालाई नबोलेको भन्दै लामो स्टाटस पोष्ट गरेपछि उनका समर्थले पिएनपी खबरका सह-सम्पादक युवराज खत्रीको चरित्र ह’त्या देखि मिडिया खोजेर आ’गो लगाउने सम्मको ध’म्कि दिएकै थिए त्यो अहिले पनि रोकिएको छैन् नत शाहीले नै आफ्ना समर्थकलाई त्यसो नगर्न आग्रह गरेका छन् ।

‘नेपालका लागि नेपाली अभियान’ बाट उदाएर सत्ताको आडमा हुने गरेको अनियमितता र भ्र’ष्टा’चारको चर्को विरोध गर्ने शाही यतिबेला भने सानातिना कुरामा सिमित बनेका छन् । मिडियासँग विवाद बढेपछि उनका समर्थकले अर्का सञ्चारकर्मी रवी लामीछाने र शाहीको भेटघाट भएको भन्दै आलोचनालाई समर्थनमा बदल्न खोजेको देखिदैंछ ।

भ्र’ष्टाचार विरु’द्धको सामाजिक अभियान भनेर अभियानको सुरुवात गर्दा मुलधार भन्दा बाहिर रहेका भनिएका यिनै अनलाइन र युट्युवकै कारण चर्चित बनेका अभियान्ता शाही वा उनका समर्थकको यस्तो कदमले स्वयं उनैलाई असर गर्न सक्छ । यतातर्फ उनको ध्यान पुगेको देखिंदैन ।

उनी र उनका समर्थका यस्ता गतिविधिले उनी अब आफू माथिल्लो हैसियतमा पुगिसकेकाले यी युट्युवेलाई किन महत्त्व दिनुको अवस्थामा पुगेको जस्तो देखिन्छ । तर, मुलधार भन्दा बाहिर रहेर पत्रकारीता गरिरहेका साना भनिएका मिडियाको प्रभाव कस्तो हुन्छ त्यो त स्वयं शाहीले नै भोगेको विषय हो ।

भ्र’ष्टाचा’र विरु’द्धको अभियान्ताको रुपमा आफूलाई जतिसुकै अब्बल दाबी गरे पनि आजसम्म मुलधारका भनिएका मिडियामा उनको उपस्थिति कस्तो छ त्यता पनि ध्यान दिने कि ? अन्यथा यो लडाइ ‘चर्चा सकारात्मक होस् या नकारात्मक गुमनाम नहोस्’ जस्तो भएन र ?

अरुको आलोचना गरेरै यतिसम्म चर्चा हासिल गरेकाहरुले आफ्नो आलोचना सहन गर्ने धैर्यता राख्ने कि नराख्ने ? यो त ‘मेरै गोरुको बार्है टक्का’ भनेजस्तो भएन र ? यस्तोमा सामाजिक अभियान्ताको हैसियतले समर्थकको असामाजिक हर्कत रोक्न प्रयास गर्ने कि ?

प्रतिक्रिया