‘सिद्धबाबा’को मु’द्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

admin

काठमाडौं, असोज २२ : सर्वोच्च अदालतले आफ्नै अनुयायी महिलालाई ब’लात्का’र गरेको अभियोग लागेका सिद्धबाबा भनिने श्रीकृष्ण गिरीको मु’द्दाको कैफियत प्रतिवेदन मागेको छ।विराटनगर उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेश बदर गर्न माग गर्दै गिरीले असोज १८ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

सोही निवेदनमा सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ।

कैफियत प्रतिवेदन भनेको मु’द्दा र त्यसमा भएका कारबाहीको संक्षिप्त विवरण हो। विराटनगर उच्च अदालतले भने उनलाई थुनामा पठाउने आदेश गरेको थियो। त्यसअघि जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको थियो। जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीले बलात्कार मुद्दा खेपिरहेका गिरीलाई ३ लाख धरौटीमा छोडेका थिए।

ब’लात्का’र जस्तो गम्भीर प्रकृतिको मुद्दा लागेका र उनले कसुर गरेको पर्याप्त प्रमाण देखिँदा देखिँदै जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश नमिलेको भन्दै सरकारी वकिल विराटनगर उच्च अदालत गएका थिए। उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले भने उनलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन भनेको थियो।

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई ब’लात्का’र गरेको अभियोग लगाउँदै गिरीविरूद्ध मंसिरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। बिरामी भएको भन्दै विराट नर्सिङ होममा बसिरहेका गिरीलाई जाहेरी परेपछि मंसिर १६ गते अस्पतालको आइसियूबाटै प्रहरीले पक्राउ गरेको थियो। प्र’हरीले अनुसन्धान पनि उनलाई अस्पताल राखेरै गरेको थियो।

प्रतिक्रिया