अर्नवको टिभीसहित ३ च्यानलले पैसा दिएर टिआरपी बढाएको आरोप

admin

मुम्बई, असोज २३ : मुम्बई प्र’हरीले पैसा दिएर टेलिभिजनहरूको रेटिङ पोइन्ट(टिआरपी) बढाउने एक र्‍याकेटको पर्दाफास गरेको जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले यसको जानकारी दिएका हुन्।

उनले हालसम्म यसमा तीन वटा च्यानलहरूको संलग्नता देखिएको र तिनमा अर्नब गोस्वामीको ‘रिपब्लिक’ टिभी समेत रहेको बताएका छन्। उनले ती टिभीहरूले टिआरपी प्रणालीमा हस्तक्षेप गरेको बताए।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्यु प्रकरणमा रिपब्लिक टिभीले मुम्बई प्रहरीको चर्को आलोचना गरेको थियो। रिपब्लिक टिभीले आरोपको खण्डन गरेको छ।

‘मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले रिपब्लिक टिभीमाथि झू’टो आ’रोप लगाएका छन् किनकी हामीले सुशान्त सिंहको घ’टनामा उनीहरूमाथि प्रश्न गरेका थियौं’, आरोपको खण्डन गर्दै टिभीका मालिक तथा प्रधान सम्पादक अर्नव गोस्वामीले भने, ‘रिपब्लिक टिभीले मुम्बई प्रहरीविरूद्ध आपराधिक मानहानीको मुद्दा दायर गर्नेछ।

बिएआरसीको एउटा पनि त्यस्तो रिपोर्ट छैन जहाँ रिपब्लिक टिभीको चर्चा गरिएको होस्। मुम्बई पुलिसका कमिश्नरले आधिकारिक रूपमा माफी माग्नुपर्छ अन्यथा अदालतमा भेट्न तयार हुनुपर्छ।’ पुलिस कमिश्नरले यस घ’टनामा दुई मराठी टेलिभिजन च्यानलका मालिकलाई प’क्राउ गरेको जनाएको छ।

पुलिसले टिआरपीको सम्बन्ध विज्ञापनसँग रहेको र त्यसमा हुने सानो पनि फरकले हजारौं करोडको आम्दानीमा असर पर्ने बताएको छ। घ’टनामा संलग्न भएको भन्दै पुलिसले दुई जनालाई पक्राउ गरेको र उनीहरूबाट २० लाख भारतीय रूपैयाँ बरामद भएको दाबी गरेको छ।

प्र’हरीका अनुसार शं’कास्पद टेलिभिजन च्यानलहरूको बैंक खाताको जाँच चलिरहेको छ। सो क्रममा उसले झू’टो टिआरपीका आधारमा मिलेको विज्ञापनबाट पाइएको पैसा अपराधको पैसा हो या होइन भनेर जाँच गरिने जनाएको छ।

प्र’हरीले टिआरपी बढाउन मानिसहरूलाई हरेक महिना पैसा दिएर कुनै च्यानल विशेषको प्याकेज लिन लगाउने गरेको भेटिएको जनाएको छ। यसमा टिआरपी कम्पनीमा कार्यरत केही कर्मचारीको मिलेमतो रहने आरोप प्र’हरीको छ।
– एजेन्सी

प्रतिक्रिया