गु’ण्डाका नाइके ‘राधे’ पक्राउ, मुद्दा आजै दर्ता गरिने

admin

काठमाडौं, २३ असोज : राधे भनेर चिनिने (गु’ण्डाको नाइके) राधाकृष्ण भण्डारीलाई बिहीबार धादिङबेशीबाट प्रहरीले पक्राउ गरेको छ । बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले शुक्रबार मुद्दा दर्ता गर्न लागेको हो ।

सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिएका छन् । जनप्रतिनिधिलाई ध’म्काएको आरोप उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको छ ।

राधेको समूहले अवैध रूपमा बालुवा उत्खनन गर्ने गरेको काम जनप्रतिनिधिले रोकेपछि उनले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई ध’म्की दिएको आरोप छ ।

राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन् । राधे खोलानालाबाट अ’बैध असुली, चन्दा, ध’म्की, कु ट पि ट लगायत गतिविधिमा संलग्न छन् ।

प्रतिक्रिया