प्राधिकरणको हटलाइन सेवा बन्द

admin

काठमाडौं, २३ असोज : नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा बन्द भएको छ । हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि सेवा केही दिनका लागि बन्द भएको हो ।

विद्युत प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी बन्द गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ ।’

प्रतिक्रिया